Friday, May 22News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-31

नेपालमा आज थप १ सय १६ जनामा केरोना संक्रमण पुष्टि । योसँगै नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

-*-

उदयपुरमा थप १४ जना कोरोना संक्रमित उपचारपछि निको भए । चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड–१९ अस्पतालको आईसोलेशनमा उपचाररत मध्ये १४ जना निको भएका हुन् ।

-*-

वलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी पक्राउ । लामापाटनको आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोन गरेर जानकारी गराएपछि तत्काल नेपाल प्रहरीको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

-*-

सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने । प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो दिएको हो ।

-*-

२ दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती उद्धार उडान आजदेखि सुरु हुने । करिब एक महिना लगातार भएका उद्धार उडानहरु २ दिन स्थगित भएपछि सरकारले फेरि आजदेखि उद्धार उडान सुरु गरेको हो ।

-*-

भारतबाट सलहका झुण्डहरु नेपाल आउने सम्भावना । उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले आग्रह गरेको हो ।

-*-

अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । गत बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो ।

-*-

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ पोखरीया निबासी  ६५ बर्षीया बिष्णुमाया दाहाल खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

-*-

झापाको कमल गाउँपालिका–२ मिलन चोकमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु । मिलन चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ त ६१९५ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ८२३६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक केदारनाथ दाहालको मृत्यु भएको हो ।

-*-

मोरङको बिराटनगर महानगरपालिका–१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट प्रहरीले लागुऔषध बरामद । चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

-*-

झापामा गत शनिवार खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला । भद्रपुर–३  निबासी ३३ बर्षीय हिरण राई शनिवार अपरान्ह साढे ४ बजे घर नजिकै रहेको मेची खोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएको थियो ।

-*-

मोरङको रतुवा खोलाले बगाएर बेपत्ता बनाएको एक जना मृत अवस्थामा फेला । रतुवामाई नगरपालिका–३ चौकीघाटबाट रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका रतुवामाई नगरपालिका–७ का २४ बर्षीय अरुण ऋषिदेव मृत फेला परेको हो ।

-*-

मोरङबाट लागुऔषधसहित २ जना पक्राउ । विराटनरगको २ ठाउँबाट लागुऔषध सहित २ जना पक्राउ परेका हुन् ।

-*-

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा नवजात शिशु सहित ११ जना घाइते । सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरका जाँदै गरेकोे भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना हुँदा एक दिनको नवजात शिशुसहित ११ जना घाईते भएका हुन् ।

-*-

प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पार । गतराती घरेलु मैदानमा भएको  खेलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो ।