
नेपालमा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मन्त्रालयले जनाएको छ ।
-*-
उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका एक जनामा संक्रमण पुष्टि भएको हो ।
-*-
विश्वभरमा कोरोना संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या ८० लाख नाघे । विश्वका विभिन्न देशमा अहिलेसम्म १ करोड ३६ लाख ९१ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएकामध्ये ८० लाख ३७ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डोमिटरले जनाएको छ ।
-*-
नयाँ आर्थिकवर्ष २०७७÷०७८ सुरुवातीसंगै त्रियुगा हरित पार्क निर्माणको सुरुवात । हरित महिना साउन १ को अवसर पारेर नगरपालिकाले सिंगो नगरपालिकालाई नै हरित पार्ने अभियान सुरुवातको रुपमा बृक्षरोपण कार्यक्रम सुरु गरेको हो ।
-*-
सवारी ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेको छ । त्रियुगा नगरपालिका –६ निबासी ३२ वर्षीय टंकबहादुर विक विहिबार पक्राउ परेको हो ।
-*-
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरोमा परि बेपत्ता भएका एकै परिवारका ५ जनामध्ये २ जनाको शव फेला । आमा निमा स्याङ्बु शेर्पा र छोरी याङ्जी शेर्पाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
-*-
नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्ने एक जना पक्रउ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले टेलिकमको सर्भर ह्याक गर्ने दिवाकर देउजालाई धनकुटाबाट पक्राउ गरेको हो ।
-*-
भारतको बिहारमा उद्घाटन भएको एक महिनामै पुल भत्किए । २ सय ६४ करोड रुपैयाँमा निर्माण गरिएको विहार राज्यको सत्तरघाट महासेतु पुल उद्घाटन भएको एक महिनामै भत्किएको हो ।
-*-
कास्कीमा एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा ४ जना पक्राउ । गाडीमा लिफ्ट दिने बहाना बनाई युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
-*-
सरकारले सञ्चारमाध्यमको नवीकरण गर्न शुल्क नलिने निर्णय । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिनुभयो ।
-*-
१ न. प्रदेश सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान । एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कास्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरिएको हो ।
-*-
मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएकाको खोजी कार्यमा खटेका गोताखोरको डुंगा पल्टिए । आज बिहान इन्द्रावतीमा हराइरहेकाको खोजी गर्ने क्रममा सशस्त्रका प्रहरी निरीक्षकसहित ७ जना रहेको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
-*-
उदयपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ । त्रियुगा नगरपालिका–५ श्रीपुर निबासी ४७ वर्षीय हद्दबहादुर दमाई गाँजासहित पक्राउ परेको हो ।
-*-
अविरल वर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा शनिबार राति आएको पहिरोबाट विस्थापित भएकाहरुलाई बुधबारे बजारमा अस्थायी बसोबासको तयारी । सिलिचोङ गाउँपालिका–२ सिसुवाटारको बुधबारे बजारमा सुरक्षाकर्मीको टोलीले अस्थायी बास निर्माण गरिरहेको हो ।
-*-
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा एक्कासी बाढी आए । भोटेकोसी र सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
-*-
अर्बपति एलन मस्क, जेफ बेजोज तथा बिल गेट्स सहित विश्वका ठूला व्यापारी तथा नेताहरुको ट्विटर एकाण्ट ह्याक भएको छ । यो बिटक्वाइन स्क्याम ह्याकिङ् हो ।
-*-
झापाको अर्जुनधारामा खोलाले बगाएर एक जनाको मृत्यु । अर्जुनधारा नगरपालिका–२ का ६० बर्षीय पर्शुराम भन्ने फत्ते बहादुर बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।
-*-
आज सुनको भाउ घटे । सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
-*-
सन् २०२२ मा कतारमा हुने विश्वकपको मिति सार्वजनिक । प्रतियोगिता नोभेम्बर २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिने भएको हो ।
-*-
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारे । गतराति भएको खेलमा सिटीले बर्नेमाउथलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो ।
