
विश्वव्यापी महामारी बनेर फैलिन सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।
-*-
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् ।
-*-
पछिल्लो २४ घण्टामा थप १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।
-*-
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक (स्वचालित) मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ ।
-*-
कोरोना भाईरस महामारी अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ ।
-*-
बरुवा खोलामा डुबेर एक जनाको मृत्यु । त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको खोलामा डुबेर मृत्यु भएको हो ।
-*-
आज बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पुष्टि गर्न माग गरेका छन् ।
-*-
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद र खस आर्यलाई पनि आरक्षणको व्यावस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित । निजामती सेवासम्बन्धी विभिन्न नयाँ प्रावधान समेटिएकोे उक्त विधेयक समितिबाट पारित भएको घोषणा हो ।
-*-
सरकारले लकडाउन साउन ७ गतेसम्म थप्ने निर्णय । सोमबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले साउन ७ गतेसम्म थप्ने निर्णय गरेको हो ।
-*-
डोटीमा घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा एक शिशु फेला । दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको हो ।
-*-
मोरङमा खेत जोत्दा ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु । धनपालथान गाउँपालिका–५ मा खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिएर हिजो दिउँसो ३ बजे मो।सजाद मियाको मृत्यु भएको हो ।
-*-
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ३५ करोड ५९ लाख ५६ हजारको बजेट सीमा निर्धारण गर्दै सातौं गाउँसभा अधिवेशन हिजो सम्पन्न गरेको छ ।
-*-
काठमाण्डौँबाट स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ सहित २ जना पक्राउ । भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाण्डौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
-*-
लकडाउनले ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।
-*-
आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढे । हिजो नकारात्मक सर्किट ब्रेक लागेर केही समय बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो ।
-*-
ईलामको देउमाई नगरपालिका–५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेको छ ।
-*-
देशका केही ठाउँमा आज मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
-*-
झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।
-*-
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
-*-
उदयपुरको बेलका नगरपालिकामा मानव अधिकार सम्बन्धि पाँच दिने आधारभूत तालिम मंगलबार सम्पन्न । बेलका नगरपालिकाको सहयोग तथा इन्सेकको सहकार्यमा मानव अधिकार निगारानी समुह बेलकाले मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकालाई लक्षित गरि तालिमको आयोजना गरेको हो ।
-*-
यस वर्ष बङ्गलादेशमा हुने भनिएको १३ औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ ।
-*-
इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले जित हात पारेको छ । गतराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० गोलले पछि पार्दै जीत पारेको हो ।
-*-
आज सुनको भाउ घटे । केहि दिनदेखि निरन्तर बढिराखेको सुनको आज तोलामा १ सय रुपैयाँले घटेको हो ।
