
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि । लिखु गाउँपपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
-*-
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुगेको हो ।
-*-
आज सप्तरीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै संक्रमितको संख्या १ सय ७३ पुगेको हो ।
-*-
कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको हो ।
-*-
दाङको घोराहीमा एक जना वडाध्यक्षसहित १३ जनामा कोरोना संक्रमण पुष्टि । घोराही उपमहानगरपालिकाको एक वडाको वडाध्यक्षमा सोमबार संक्रमण पुष्टि भएको हो ।
-*-
नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि । यो सँगै नेपालमा संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको हो।
-*-
अर्घाखाँचीका थप ३० जना उपचारपछि निको भएर डिस्चार्ज। सन्धिखर्क नगरपालिका–१ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कोरोना मुक्त भएका हुन् ।
-*-
विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख ४५ हजार नाघ्यो । विश्वको विभिन्न देशमा कोरोना भाईरसको संक्रमणबाट ९० लाख, ४५ हजार ६ सय ४ जना भन्दा बढी संक्रमित भईसकेको वर्लडओमिटरले जनाएको हो ।
-*-
काठमाण्डौँमा कुकुर पाल्न अनुमति लिनु पर्ने । काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको हो ।
-*-
आज देशको केहि ठाउँमा ठूलो वर्षा हुने सम्भावना । १ न।प्रदेश, २ न। प्रदेश, वाग्मती प्रदेश र ५ न। प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
-*-
गत जेठ ३२ गतेदेखि सरकारले लकडाउन खुकुलो पारे पनि सार्वजनिक गाडी सहित भाडाका ट्याक्सी चलाउन र मोटरसाइकलमा दुई जना चढ्न अनुमति छैन । असार १ गतेपछि हिजोसम्म करिब १ हजार भाडाका ट्याक्सी कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
-*-
झापाको कमलबाट लागुऔषधसहित ३ जना पक्राउ । कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका हुन् ।
-*-
सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट लागुऔषधसहित २ जना पक्राउ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेका हुन् ।
-*-
दाङमा जंगलबाट टिपेर ल्याएको खाँदा पाँच जना विरामी परेका छन् ।
-*-
साउदी आवासीय अनुमतिपत्र ९अकामा० नबनाएका वा नवीकरण नगरेका नेपालीहरुलाई सम्पर्क गर्न साउदी अरबमा रहेको नेपाली दूतावासले आग्रह । अकामा नबनाएको वा नवीकरण नगरेको कारण स्वदेश फर्कन चाहने नेपाली श्रमिकलाई स्वदेश फर्काउने तयारी भएकाले यस्तो समस्या भएकाहरुलाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको हो ।
-*-
मोरङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु । पथरी शनिश्चरे–१० बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
-*-
त्रियुगा नगरपालिका वडा नं १३ का महिलाहरुलाइ २ दिने महिला क्षमता बिद्धि तालिम सोमबार देखि सुरु । वडाले बिषेश गरी महिलाहरुलाई सक्षम बनाउने उदेश्यले वडा भित्रका लिडरसिप महिलाहरुलई क्षमता बिद्धि तालिम गराइएको १३ नं वडाकी अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
-*-
बेलका नगरपालिका–४स्थित जनता माबि गुरुडचौरीमा यसै शैक्षिक शत्र २०७७र७८ बाट प्राबिधिक शिक्षा सिभिल ईन्जिनियरिडको पठनपाठन सुरु हुने भएको छ ।
