
बैशाख ७
पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर गत आइतवार मात्रै नेपाल फर्किएका पूर्वराजा शाह र रानी कोमलमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा दम्पतीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भएको जनाईएको छ ।
भारतका विभिन्न राज्यले कुम्भमेलामा सहभागीलाई अनिवार्य क्वरेण्टीनमा बस्न निर्देशन दिएका छन् ।
