Sunday, June 28News That Matters

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पूर्णपुष्टि, असार १७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

मूल्य वृद्धि भएपछि काठमाण्डौ उपत्यकामा पेट्रोल १ सय १ रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्य सूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको जनाएको छ ।