Wednesday, July 1News That Matters

पेनरोज, गेन्जेल र घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

पूर्णपुष्टि, असोज २०

सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

ब्ल्याकहोल र सापेक्षवादको सिद्धान्तको अन्तर्सम्बन्ध पत्ता लगाउने बेलायती वैज्ञानिक रोजर पेनरोजलाई आधा र ग्यालेक्सीबारे अध्ययन गरेका गेन्जेल र घेजलाई बाँकी आधा गरी संयुक्तरुपमा तीन जनालाई पुरस्कार प्रदान गर्ने नोबेल पुरस्कार समितिले जनाईएको छ ।