
सुनसरी,असार ११ गते ।
सुनसरीको धरान–१५ बाट अवैध हतियारसहित १ जना पक्राउ परेको छ ।
धनकुटा शहिदभुमी गाउँपालिका–६ बस्ने २७ बर्षीय रोशन राईलाई पेस्तोलसहति १ न.प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (आरटीआई) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
धरान–१५ मा लुकीछिपी बसेको भन्ने बिशेष सुराकीको आधारमा हिजो राती पक्राउ गरिएको थियो । राईलाई पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान–१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो ।
बरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रोशन रार्ई माथी सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि दिन ६ म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
