Thursday, May 28News That Matters

पोखरीमा डुबी एक पुरुष बेपत्ता

पूर्णपुष्टि, जेष्ट ९

मोरङमा पोखरीमा डुबी एक पुरुष बेपत्ता भएको छ । पथरी शनिश्चरे नगरपालिका–८ मंगलबारे का २७ वर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको हो ।

शनिबार बेलुका ६ बजे कानेपोखरी–६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा डुबी बेपत्ता भएको खबर प्राप्त भए लगतै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी नायक उपरीक्षकको कमाण्डमा टोली खटि गई स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।