Sunday, August 16News That Matters

पोखरीमा डुबेर एक बालकको मृत्यु

सुनसरी, असार ३१ गते ।

सुनसरीको दुहवीमा एक बालक पोखरीमा डुवेर मृत्यु भएको छ । दुहवी नगरपालिका – २ निबासी सलिब मियाको ४ वर्षीय छोरा जुगेर मियाको पोखरीमा डुवेर मृत्य भएको हो ।

दिउँसोको करिब ५ बजे छिमेकीको विवाहमा जान भनी हिडेका बालक घर नजिकैको पोखरीमा डुवेपछि तत्काल उद्धार गरी उपचारको लागि सामुदायीक अस्पताल दुहवी लगी थप उचारको लागि विराट टिचिङ अस्पतालमा लगि उचारको क्रममा मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।