
पुर्णपुष्टि, भाद्र १२
झापाको बिर्तामोड नगरपालिका–७ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा विहिबार दिउँसो ३ बजे १० बर्षीय अंसारी खातुनको डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
