
धनकुटा,असार २९
धनकुटामा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । चौबिसे–२ निबासी ३२ बर्षीया सरस्वती मगरको पोखरीमा डुबेर मृत्यु भएको हो ।
चौबिसे–२ मा रहको सिचाईको लागि बनाईएको ३ फिट गहिरो पोखरीमा डुबेर सरस्वतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिडिरहेको अवस्थामा एक्कासी चिप्लिएर आज विहान करिब ९ बजे पोखरी पर्दा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
