Wednesday, May 20News That Matters

पोलले लागेर एकको मृत्यु

पुर्णपुष्टि, बैशाख ९ 

सुनसरी ईनरुवा नगरपालिका–९ बबियामा बस्ने ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ ।

बुधबार बेलुका पौने ५ बजे  स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोललाई  ठक्कर लाग्दा  बिजुलीको पोल ढली घरमा बसिरहेको खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी थिईन् ।  उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।

को १ क ८७६ नम्बरको स्काभेटर प्रहरीको नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोले खोजितलास भईरहेको प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।