Tuesday, June 23News That Matters

पौडी खेल्ने क्रममा एकको ज्यान गयो

पूर्णपुष्टि,चैत २७

ओखलढुङगामा खोलामा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका–२ खोपगाउँ का २० वर्षीय प्रकास सुनुवारको पौडी खल्ने क्रममा ज्यान गएको हो ।

बिहीबार दिउसो ११ बजे सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी जिल्ला सिन्धुली खुर्कोट स्थित सुनकोशि सामुदायिक अस्पताल लगेकोमा उपचारको क्रममा सुनुवारको दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।