Tuesday, June 9News That Matters

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

पूर्णपुष्टि, बैशाख १

सुनसरीको ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन ।

हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीय र प्रहरीले खोजी गरिर फेला पारेको थियो । दुवैजनालाई नहरबा ट उद्धार गरी उपचारको लागी घोपा धरान लगिएको भएपनि उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।