Sunday, May 17News That Matters

प्रतिबन्धित औषधीसहित २ जना पक्राउ

पूर्णपुष्टि, साउन ७

सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेको छ । धरान १० मा सटर भाडा लिई जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नविन चौधरी पक्राउ परेको हो ।

हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चौधरीको ग्यारेजमा  चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी स्पास्पाइन– १००० ट्याब्लेट, औपताब–५०– ४०० ट्याब्लेट र ट्रामाडोल ह्याड्रोक्लोराइड–२२ ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिईएको छ ।

त्यस्तै, हिजो राती साढे ११ बजे धरान–१६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई स्पास्पाइन– १४५ ट्याव्लेट, र ट्रामाडोल– १६३ ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका दुबैजना उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।