
पूर्णपुष्टि, जेष्ठ ३१
मोरङमा प्रतिबन्धीत औषधीसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–६ स्थित पुर्ब बसपार्क नजिकबाट प्रतिबन्धीत औषधीसहित उर्लाबारी नरगपालिका–१ का २१ वर्षीय सुमन दमाई पक्राउ परेको हो ।
गत राती ९ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धीत औषधी ट्रामाडोल–१७० क्याप्सुल र स्पास्पाईन–२०० क्याप्सुलसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका दमाईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
