पूर्णपुष्टि,माघ २२
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले घोषणा गरेको आजको बन्द हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरी बीच झडप भएको छ । झडपका क्रममा दाहाल–नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
नेता झाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ ।
