Sunday, June 28News That Matters

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको पद पनि जोखिममा

पूणर्पुष्टि, पौष ८

प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएपछि ६ वटा प्रदेशमा समीकरण फेरबदलको गणित सुरु भएको छ ।  प्रचण्ड नेपाल र ओली पक्षीय सांसदहरु एकआपसमा बाँडीएपछि ६ ओटा प्रदेशका मन्त्रिहरुमा फेरवदलको संका सुरु भएको छ ।

पार्टी विभाजनले प्रदेश सभामा पर्ने असरको जोडघटाउ अहिलेदेखि नै शुरु भइसकेको छ । पार्टी विभाजनले सबैभन्दा अप्ठ्यारोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पारेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा नेकपामा ६७ सांसद छन् । जसमध्ये अध्यक्ष प्रचण्ड र माधव नेपालको पक्षमा ४७ र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको पक्षमा अर्थात् मुख्यमन्त्री राईको पक्षमा २० सांसद मात्रै छन् । प्रमुख प्रतिपक्षी कांग्रेससहितका अन्य दलहरूसँग मिल्दासमेत राईले बहुमत पुर्याउन नसक्ने स्थिति छ ।