
पूर्णपुष्टि, असार ७
नमुना सामुदायिक विद्यालय, त्रियुगा नमुना उच्च माध्यमकि विद्यालय, गाईघाट प्रविधिमा पनि अब्बल दर्जाको बन्दै गएको छ । समयानुकुल प्रविधिमैत्री सो विद्यालयले पठनपाठन पनि प्रविधियुक्त बनाउदै लगेको प्रधानाध्यापक सुवास विष्टले बताउनुभयो ।
१ नं. प्रदेश सरकारको सहयोगमा सो विद्यालयमा इन्टरेक्टिभ बोर्ड जडान भएको छ । उक्त बोर्डमार्फत इन्टरनेटको प्रयोगसमेत गरेर पठन पाठन गर्न सकिन्छ । दुईवटा स्मार्ट टिभि पनि जडान भएका छन् । प्रदेश सांसद विमल कार्कीको पहलमा प्राप्त ती प्रविधिहरु एक कार्यक्रमका साथ सांसद कार्कीले उद्घाटन गरेपछि सञ्चालनमा आएका छन् । सांसद कार्कीले आफु पढेको विद्यालयको नाताले प्राविधिका लागि पहल गर्नुभएको थियो । उहाँले २०४६ सालमा सोही विद्यालयबाट एसएलसी उतिर्ण गर्नुभएको थियो ।
सो विद्यालयले हाल साना कक्षाहरु १ देखि ५ सम्म र ठूला कक्षाहरु ९ र १० लाई प्रविधियुक्त पठनपाठन भइरहेको जनाएको छ । सबै कक्षालाई पूर्ण प्रविधियुक्त बनाउदै लैजाने प्रअ विष्टले बताउनुभयो ।
