
पूणर्पुष्टि, साउन १९
१ नं प्रदेशका मुख्य न्यायाधिशबक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर( ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता चुडाणि आचार्यसहित उनका परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो ।
विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । आचार्यले बताए अनुसार ‘आफुलाई १० /१२ दिन अगाडि दुई दिनजति सामान्य ज्वरो आएको र सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।’
आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भएको छ ।
आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए ।
आचार्यले अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको बताउनु भएको छ । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् । यो घटनाले अब भीआईपीहरु पनि असुरक्षित रहेको संकेत गरेको छ ।
आफु प्रया जसो मिटिङ बैठकहरुमा प्रत्यक्ष सहभागी भएको हुँदा अरुमा पनि संक्रमण हुन सक्ने आचार्यले बताउनु भएको छ । सुरक्षाकर्मी तथा कर्मचारीहरु सँग प्रत्यक्ष भेटघाट र कामको कारया सुरक्षाकर्मीहरुमा पनि संक्रमण हुन सक्ने उहाँले बताउनुभयो ।
