Monday, June 22News That Matters

प्रदेश १ को केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

बैशाख १२ 

आज पूर्वका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । दिउँसोपछि पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमका पहाडी ठाउँहरुमा मौसम आंशिक बद्ली भइरहेको छ भने बाँकी क्षेत्रको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।