Tuesday, July 7News That Matters

प्रदेश १ को समभमुखमा बाबुराम गौतमको एक्लो उम्मेदवारी

पूर्णपुष्टि, पुष २८ गते ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतमले प्रदेश नंं.१ को सभामुखमा एक्लो उम्मेदवारी दिएको छ । सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज ११ बजे प्रदेश सभा बैठक बस्दै छ ।

शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेछन् । शनिबार उपसभामुखको निर्वाचन पछि प्रदेश सभा बैठक केही दिनका लागि स्थगित गर्ने तयारी छ । सभामुखमा उमेदवारी दिएको गौतम ओखलढंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।

सभामुख पुरुष भएका कारण उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् ।