
पूर्णपुष्टि, जेठ २६ गते ।
आज १ न. प्रदेशमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै १ न. प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको हो ।
मोरङमा ९, झापाकामा १० र सुनसरीमा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा १ महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
१ न. प्रदेशका संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।
उक्त संक्रमित मध्ये ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
