Sunday, May 17News That Matters

प्रधानमन्त्रीका ३ सल्लाहकार कोरोना मुक्त

पूर्णपुष्टि, असोज २३

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त भएको छ ।
प्रधानमन्त्रि ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणमुक्त भएको हो ।

उनीहरुको हिजो पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको थियो । उनीहरु सबैलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

उनीहरुको परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।