Tuesday, April 21News That Matters

प्रधानमन्त्री ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै

बैशाख ४ 

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको हो ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।