
पूर्णपुष्टि, फागुन १२ ।
प्रधामन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै सर्बोच्च अदालतबाट संसद पुनस्र्थापनाको पक्षमा फैसला भएपछि नेकपा (प्रचण्ड–नेपाल) समुहले खुसीयाली मनाएको छ । सर्बोच्चको निर्णयको सम्मान गर्दै उनीहरुले आज गाईघाट बजारमा खुसीयाली र्याली गरे । सर्बोच्च अदालतको फैसलाको सम्मान गरौं भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।
यसैबीच प्रतिगमन कदम चालेको भन्दै प्रधानमन्त्री ओलीलाई कुर्सी छाड्न भनेका थिए । नालायक सरकार भन्दै उनीहरुले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरे । सिंहदरबार र बालुवाटार खाली गर्न भन्दै उनीहरुले नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताए ।
भिडियाे :
खुसीयाली र्यालीपछि लोकतान्त्रिक चौकमा भएको कोणसभालाई नेकपा उदयपुरका सचिव इश्वरमणी राउत, संविधानसभा सदस्य मणी खम्बु र नेकपा त्रियुगा नगरसचिव गिता खड्काले सम्बोधन गर्दै अव नेकपा मजबुद र सशक्त पार्टीको रुपमा अगाडी बढ्ने बताए । उनीहरुले जनताको जीत भएको भन्दै सर्बोच्चको गरिमा थप बढेको बताए । हिजो सर्बोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक भएको ठहर गर्दै पुनस्र्थापनाको आदेश दिएको हो । सबोच्चले १३ दिनभित्रका संसद बैंठक बोलाउनसमेत भनेको छ ।
तस्विरहरू :

