
पूर्णपुष्टि, चैत ९
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव सरकारी निवास बालुवाटार पुग्नु भएको थियो । भेटमा उहाँले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताउनुभएको जनाईएको छ ।
विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको प्रधानमन्त्रि ओलीले जवाफ दिनुभएको जनाईएको छ ।
