
पूर्णपुष्टि, माघ १०
प्रहरीकै मोटरसाइकलमा चढेर फरार भएका एकजना अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । दाङको घोरही कारागारका फरार नाइके यमराज परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट आजै उनलाई घोराही ल्याइनेछ । उनलाई पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिएको हो । परियार पुष ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए ।
कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो ।

