Tuesday, August 11News That Matters

प्रहरीको गोली लागेर २ जना घाइते

पूर्णपुष्टि, चैत १०

कैलालीको लम्कीमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि उत्पन्न भएको तनावलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउदा दुई जना घाईते भएका छन् ।

प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितर–बितर बनाउन हवाई फायरसमेत गरेको जनाईएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।