
पूर्णपुष्टि, बैशाख १५ गते ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट कसैको मृत्यु भए शव व्यवस्थापन गर्नका लागी प्रहरीले विशेष टोली तयार पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधी अनुसार मोरङ प्रहरीले शव व्यावस्थापन टोली तयार गरेको हो ।
प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा १० जनाको शव व्यवस्थापन टोली जिल्ला प्रहरी कार्यालय मोरङले तयार गरेको छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिको दाह सस्कार गर्दा अरु मृतकको जस्तो सहज नहुने भएकोले टोली तयार गरेको प्रहरीले जनाएको छ ।
दाह सस्कार गर्दा पिपिईको प्रयोग, शव व्यवस्थापनका क्रममा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षासम्बन्धि सतर्कताबारे प्रशिक्षण दिइएको जनाइएको छ । मन्त्रालयले शव व्यवस्थापन र्काविधी २०७६ नै जारी गरिसकेको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ जना पुगेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
