पूर्णपुष्टि, पुष २६ गते ।
मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट लागुऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शहिदभुमि गाउँपालिका–२ का ३६ बर्षीय टेक बहादुर राई, कागेश्वरी मनहरा नगरपालिका–२ काठमाण्डौका ४० बर्षीय प्रकाश चन्द्र राई, लेटाङ नगरपालिका–२ का २४ बर्षीय हेमन लिम्बु, लेटाङ नगरपालिका–३ का २५ बर्षीय सुजन लिम्बु, ईटहरी उप–महानगरपालिका–१० का १९ बर्षीय संदिप चौधरी र बर्जु गाउँपालिका–४ का २४ बर्षीय रोहित पौदार रहेका छन् ।
बिराटनगर–१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेक बहादुर राई र प्रकाश चन्द्र राईलाई ब्राउन सुगर ८० मिलिग्राम सहित पक्राउ गरेको हो । सोमबार दिउँसो बिराटनगर–१६ बाट प्रहरीले हेमन लिम्बु र सुजन लिम्बुलाई लुपिजेशिक–४ एम्पुल, एभिल–४ एम्पुल, डाईजेपाम–४ एम्पुल, फेनरगन–४ एम्पुल,NITRAZEPAM–१० चक्की सहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०÷२० चक्की सहित पक्राउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागुऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिक सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
