Sunday, June 21News That Matters

प्रहरी भ्यानको ठक्करबाट एकजनाको घटनास्थलमै ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २८

प्रहरीको भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको  घटनास्थलमै ज्यान गएको छ । बिहीबार राति ११ः५५ बजे प्रहरीको भ्यानको ठक्करबाट अन्दाजी २५ वर्षका युवकको ज्यान गएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका–२ लालमटियामा  प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको नयाँ भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाईकल चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उनले मृतक पुरुष अन्दाजी २५ बर्ष जतिको रहेको अनुमान गरे । मोटरसाईकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किँदा उछिट्टिएर बिद्युत पोलमा मृतकको टाउको ठोक्किएको जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।