
पूर्णपुष्टि, फागुन ११
इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले जित हासिल गरेको छ ।
गतराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात परेको हो ।
क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एक/एक गोल गरेका हुन् । त्यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेको थियो ।
लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।
