
पूर्णपुष्टि, असार २६
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड (म्यानयु)ले जित हात पारेको छ । गतराति भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई ३–० गोलले पछि पार्दै जित हात पारेको हो ।
स्टोनभिल्लाको घरेलु मैदानमा पाहुना टोली म्यानयुले २७ औं मिनेटमा अग्रता लिएको थियो । ब्रूनो फर्नान्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा पौल पोग्बाले गोल गरेपछि म्यानयु ३–० ले अघि बढ्यो । त्यसपछि दुवै तर्फबाट कुनैपनि गोल नभएपछि एस्टोन भिल्ला ३–० ले पराजित भयो ।
जितसँगै म्यानयु ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने पराजित भएको भिल्ला २७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
