
पूर्णपुष्टि, चैत ९ गते ।
प्रेस काउन्सिल नेपलले सामाजिक सञ्जालल र सञ्चारमाध्यममार्फत भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणले विश्व महामारी फैलाई रहेको बेला बेला सञ्चारमाध्यमको जिम्मेवारी अझ बढेको भन्दै नागरिकलाई अनावश्यक प्रचार नगर्न प्रेस काउन्सिलले आइतबार प्रेस विज्ञप्तिमार्फत् आग्रह गरेको हो ।
काहि कतै भ्रमपूर्ण सुचना पाएको खण्डमा प्रेस काउन्सिलमा विवरण टिपाउन अनुरोध गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले तत्काल परिणाम दिने व्यवस्था मिलाएको जनाईएको छ ।

यो पनि पढ्नुस् ।
नोट मार्फत कारोबार गर्दा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैँकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्रबैंकले आइतबार निर्देशनमार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको हो ।
मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।
इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।
एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ ।
वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।
