Saturday, June 6News That Matters

फरार प्रतिबादी पक्राउ

उदयपुर, चैत्र ६ गते ।

उदयपुरमा एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरको छ । जिल्ला अदालत उदयपुरबाट वन मुद्दामा कसुर ठहर गर्दै ६ महिना कैद तोकिए पनि कैद चुक्ता नगरी फारर रहेका चौदण्डिगढी नगरपालिका–३ का ५० वर्षीय भिमबहादुर राईलाई पक्राउ गरेको हो ।

२०७३ साल भदौ २१ गते अदालतले कसुर ठहर गर्दै फैसला गरेको थियो । अदालतले तोकेको कैद चुक्ता नगरी फरार रहेको राईलाई ईलाका प्रहरी कार्यालय बेल्टारले मंगलबार पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।