पूर्णपुष्टि, पुष १९ गते ।
वन पैदावर हानी नोक्सानी मुद्धाका एक जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–५ का धुनिलाल झाको छोरा ५४ बर्षीय बिजय झा रहेका छन् ।
वन पैदावर हानी नोक्सानी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८÷०५÷१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद सुनाए पनी झा फरार रहँदै आएका थिए । फरार रहेका झालाई गाँउघरमा नै लुकीछीपि बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागर पठाईएको छ ।
