
पूर्णपुष्टि, वैशाख ६
सुनसरी दुहबी नगरपालिका–२ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फरामले किचेर ज्यान गएको छ । सप्तरी छिन्नमस्ता–२ का ४० वर्षीय दिपेन्द्र यादबको ज्यान गएको हो ।
आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाईते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
