Sunday, May 10News That Matters

फेरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ १२ गते ।

आज फेरी थप ७ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो

सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा अछाम मेल्लेकका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरुष र गुलरिया–२ का १८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ ।

त्यस्तै नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्सा जिराभवानी गाउँपालिका–४ का १८ वर्षीय पुरुष, काठमाण्डौँ महानगरपालिका–१५ घरभएका हाल कलैयामा कार्यरत २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उपचारको क्रममा गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया उपमहानगरपालिका–७ का ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको हो ।