Tuesday, July 7News That Matters

फेसबुक वालमा गलत पोष्ट गर्ने एक युवक पक्राउ

पूर्णपुष्टि, पुष २८ । उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट फेसबुकमा गलत खवर पोष्ट गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । Ramjee Chams नामको फेसबुक वालमा गलत खवर पोष्ट गरेको भन्दै प्रहरीले सुनसरी धरान उप–महानगरपालिका १३ का स्थानीय रामचन्द्र राई लाई पक्राउ गरेको हो ।

गत मंसिर १५ गतेको दिन ट्राफिक प्रहरी त्रियुगा नगरपालिका वडा नं. ७ चुहाडे स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा सवारी चेकजाँचका लागि खटिएको थियो । सवारी चेक गर्ने क्रममा गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बा २ च ७०३५ नम्बरको कार गतिबिहिन अवस्थामा आईरहेको थियो । ट्राफिकले कारलाई रोक्न खोज्दा कार नरोकी गएपछि ट्राफिक प्रहरीले अगाडी गएर कारलाई रोक्न सफल भएको थियो । कार रोकि काजगपत्र माग्ने क्रममा कार चालक राईसंग सवारी चालक अनुमति पत्र मात्र फेला परेको र ब्लुवुक नभएपछि जरीमाना काट्न ट्राफिक प्रहरीले अनुरोध गरेको थियो । राईले जरीवाना काट्न असहज मान्दै चेकिङमा खटीएको ट्राफिक प्रहरी माथि गाली गलौच तथा धाक धम्की समेत दिदै जरीवाना पाँच सय रुपैँया काटेको थियो ।

राईले जरीवाना पाँच यस तिरे पछि प्रशासनलाई बदनाम गराउने उद्देश्यले ट्राफिक प्रहरीले छ हजार मागेको तर आफुले चार हजारमा मिलाउन सफल भएको भनि Ramjee Chams नामको फेसबुक वालमा झुठा व्यहोरा पोष्ट गरेको थियो । ट्राफिक प्रहरीको काम कारवाहीमा वाधा अवरोध र हतोत्साहित गराउने कार्य तथा प्रहरी संगठनको मर्यादामा आँच आउने खालका कार्य गर्ने राईलाई तत्काल प्रहरीले गरेको छ । पक्राउ परेका राई माथी जिल्ला प्रशासन कार्यालय उदयपुरबाट अभद्र व्यवहार गर्न नहुने कसुर सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जनाए ।