Friday, June 5News That Matters

फ्याक्ट्रीको पाइप विष्फोट हुँदा २ जना घाइते

पूर्णपुष्टि, कार्तिक १६ गते ।
मोरङको जहदा गाउँपालिका–३ मा नवनिर्मित फ्याक्ट्रीको पाइप विष्फोट हँदा मंगलबार साँझ दुईजना घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार निर्माणाधीन कोसी विराट एग्रो प्रालि नामक मिठाई बनाउने फ्याक्ट्रीको मेसिनमा जडान गर्ने क्रममा साँझ ७ः४५ बजेतिर पाइप विष्फोट भएको थियो ।
घटनामा परेर सप्तरीको विष्णुपुरका ३३ वर्षीय कृष्णकुमार साह र सप्तरी तिरुपका ४२ वर्षीय महेन्द्र साह घाइते भएको उनले बताए ।
घाइते दुवैजना निर्माणाधीन फ्याक्ट्रीका कामदार हुन् । घाइतेमध्ये कृष्णको अवस्था गम्भीर छ । महेन्द्रको अवस्था सामान्य छ । दुवैजनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।