Monday, June 22News That Matters

फ्याक्ट्रीमा आगलागी करोडौको क्षति

पूर्णपुष्टि,वैशाख ८

सुनसरीको एक फ्याक्ट्रीमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । ईटहरी–१२ खनार चोक स्थितमा सञ्चालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगलागी हुँदा अन्दाजी १० करोड बराबरको क्षति भएको हो ।

मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

सो आगलागीबाट मानविय क्षति नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।