Thursday, May 7News That Matters

फ्रान्सको प्रधानमन्त्रीमा वरिष्ठ सरकारी कर्मचारी जिन नियुक्ति

पूर्णपुुष्टि, असार १९ 

फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले प्रधानमन्त्रिमा एक जना वरिष्ठ सरकारी कर्मचारी जिन कास्टेक्सलाई नियुक्त गर्नुभएको छ ।

फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बीच खुकुलो बनाउने नीति ल्याउनु भएका जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

फ्रान्सको राष्ट्रपति कार्यालयले एक संक्षिप्त वक्तब्य जारी गर्दै जिन कास्टेक्सलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको र सरकार गठनको कार्यादेश दिइएको उल्लेख गरेको छ ।

इडौर्ड फिलिप नेतृत्वको सरकारले शुक्रबार राजिनामा गरेको थियो । गत् साता सम्पन्न स्थानीय चुनाबमा राष्ट्रपति मैक्रोनको दलले ठूला शहरमा चुनाबमा हार बेहोरेको थियो ।

कोरोना सङ्क्रमणबाट निम्तिएको आर्थिक मन्दीलाई रफ्तार दिन राष्ट्रपति मैक्रोनले नयाँ सरकार गठन गर्न लाग्नुभएको हो ।