Sunday, June 28News That Matters

बंगलादेशबाट १५५ जना नेपाल आईपुगे

पूर्णपुष्टि, असार ३ गते ।

बंगलादेशबाट १ सय ५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट केहीबेर अगाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

स्वदेश फर्कनेमा ३६ महिला  १ सय १९ पुरुष र २ जना २ वर्ष मुनीका बालबािलका रहेको जनाईएको छ ।

हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २ सय ५८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।