
बगाहा/पुष, १३
शनिवार बाट बगाहामा नगर स्तरीय फुटवल सुरु भएको छ । दोस्रो वडा अध्यक्षकप मूल आयोजक समितिको आयोजनामा बगाहा स्थित खेल मैदानमा खेल सुरु भएको हो । खेलको उद्घाटन १ नं प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले गरे ।
उद्घाटन खेलमा मोतिराजा फुटवल क्लवले विजयी सुरुवात गरेको छ । दमौटी फुटवल क्लवलाई ५–३ ले पराजीत गर्दै मोतिराजा फुटवल क्लवले आफ्नो विजयी सुरुवात गरेको हो । खेल १२ गते बाट १९ गते सम्म हुने आयोजक समितिका अध्यक्ष भवन कटुवालले बताए । खेलमा नगरभरीका ८ ओटा टिमले सहभागी जनाएको छ ।
खेलमा बिजेता टीमलाई ३० हजार नगद ट्रफी र प्रमाण पत्र र उपविजेता टिमलाई १५ हजार नगद ट्रफी र प्रमाण पत्र प्रदान गरिने कटुवालले बताए । उत्कृष्ट खेलाडीहरुलाई पनि उचित पुरस्कार प्रदान गरिने समेत उनले बताए । आज आयोजक टिम र स्वर्णिम युवा क्लव जलजलेले खेल्ने छ ।
