Tuesday, June 9News That Matters

बजाजको नयाँ बर्ष अफर ः कालिका अटोलिंक गाईघाटमा २ जनालाई पर्यो रु १/१ लाखको भाग्यशाली चिठ्ठा

पूर्णपुष्टि, बैशाख १४

बजाज कम्पन्नीले नयाँ बर्षको शुन्य अफर अन्तर्गत २०७७÷०७८ को लागि जारि गरिएको चिठ्ठामा २ जना भाग्यशाली बिजेताले गाईघाटमा रु १÷१ लाख पाएका छन् ।

कालिका अटों लिक गाईघाटमा बजाज कम्पनीको पल्सर मोटरसाईकल खरिद गर्ने २ जनाले रु १/१ लाखको नगद पाएका हुन् ।

त्रियुगा नगरपालिका ११ का तारामणी चौधरी र खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका एक बहादुर बुढाथोकीले यहि बैशाख महिनामा बजाजको पल्सर मोटर साईकल खरिद गरेका थिए । चौधरीले २२० सिसिको पल्सर मोटर साईकल र बुढाथोकीले १५० सिसिको पल्सर मोटर साईकल खरिदमा भाग्यशाली चिठ्ठा बाट रु १÷१ लाखको बिजेता बनेको हो ।

कालिका अटोलिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले यो अफर यहि बैशाख महिनाभरको लागि रहेको बताउनुभयो । उहाँले नेपालभर बजाज मोटर साईकल खरिदमा रु १० लाख सम्म जित्न सकिने भन्दै मौकाको फाईदा उठाउन ग्राहकहरुमा अनुरोध गरेको छ ।भाग्यशाली दुवै जनालाई कालिका अंटो लिंक गाईघाटले एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरेको छ ।

पुरस्कार प्राप्त गरेका दुवैजनाले बजाज मोटर साईकल खरिदले आफुहरुलाई भाग्यशाली साविद गरेको र बजाप्रति निकै विश्वास जागेको बताउननु भएको छ ।