
पूर्णपुष्टि,मंसिर १४
बढ्दो आधुनिकीकरणसंगै लोप हुनलागेको थारु संस्कृती जोगाउन उदयपुरमा थारु संग्राहलयको उद्घाटन भएको छ । थारु उत्थान विकास समितिको आयोजनामा शनिवार बेलका नगरपालिका वडा नं. २ स्थित बेल्हामा थारु संग्रहालयको उद्घाटन भएको हो ।
संग्राहलयको उद्घाटन १ नं. प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले उद्घाटन गरेका हुन् ।
स्थानीय मिश्रिकान्त चौधरीले दान गरेको ६ धुर जग्गाबाट संग्रालयको निर्माण गरिएको हो । संग्रालयको निर्माणका लागि स्थानीय थारु समुदायले बिभिन्न संघसंस्था र व्यक्तिहरुबाट संकलित चन्दा ३६ हजार रुपैयाबाट संग्रालय निर्माणको थालनी भएको थियो ।

शुरुवाति चरण देखी नै संग्राहालयको लागि सहयोगी हातहरु जोडीदै गएकोले संग्राको स्थापना भएको हो । संग्रहालयका लागि पूर्व सभासद शान्ती देवी चौधरीको संसदिय विकास कोषबाट ५० हजार, शहरी विकास कार्यलयबाट १ लाख, बेलका नगरपालिका वडा नं. २ बाट १ लाख ५० हजार, बेलका नगरपालिका नगर स्तरिय थारु उत्थान विकास समितिबाट दुई पटक गरि ९ लाख प्रदेश सदस्य बिमल कार्कीको संसदीय विकास कोषबाट ४ लाख ९३ हजार, बेलका पर्यटन विकासबाट ५० हजार गरी १७ लाख ७९ हजारको लागतमा २ तल्ले भवन निर्माण भएकोे थारु पत्रकार संघ उदयपुरका जिल्ला अध्यक्ष शुखिलाल चौधरीले जानकारी दिए ।

थारु संग्रहालय उद्घाटन कार्यक्रममा अतिथिहरु प्रदेश सांसद विमल कार्की, अम्विका थापा र सुनिता चौधरी, बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा, उपमेयर राजकुमारी चौधरी, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी, सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतम,उपमेयर रामकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
आगामी दिनबाट थारु समुदायको जन्मदेखि मृत्युसम्म प्रायोग गरिने विभिन्न सामग्रीहरु संकलन गर्दै राखिने स्थानीयहरुको भनाई छ ।

