Monday, June 29News That Matters

बदाम, चना र केराले कुपोषणबाट बचाउँछ

पुर्णपुष्टि,असोज २६

मानव शरिरमा पोषणको मात्रा कमि भएमा कुपोषणको बढी जोखिम देखिन्छ । बढी जसो यो रोग केटाकेटीहरुमा देखिन्छ । यस रोगबाट बच्न हामिले बिभिन्न पोषण तथा भिटामिनयुक्त खानाहरु प्रसस्त मात्रामा खानुपर्छ । यसका लागि बदाम, चना र केरा यस रोगको विकल्प हो । सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ । यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनुका साथै शरीरमा हुने लाभदायक जीवाणुको पनि सुरक्षा गर्छ । साथै, बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषण  विश्वभरि नै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । विश्वभरि १५ करोड बालबालिका कुपोषणबाट प्रभावित छन् भने पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुने बालबालिकामध्ये आधाभन्दा धेरै कुपोषित रहेका छन् । कुपोषित बालबालिका अरु सामान्य बालबालिकाभन्दा धेरै कमजोर हुने गर्छन् । सामान्य बालबालिकामा जस्तो लाभदायक जिवाणुको संख्या यिनीहरुमा कम हुन्छ ।

अमेरिकाको वासिङ्टन युनिर्भसिटीका वैज्ञानिकको टोलीले गरेको अनुसन्धानले कुपोषित बालबालिकाका लागि बदाम, चना र केरा लाभदायक रहेको निर्कष निकालेको हो ।

बंगलादेशका कुपोषित बालबालिकमा गरिएको अनुसन्धानको नजिताअनुसार शरीरमा रहेका लाभदायक जिवाणुको संख्या बढ्नाले बालबालिकाको हड्डी, दिमाग र समग्र शरीरको विकासमा सहयोग पुगेको पाइएको छ ।

कुपोषणबाट भएको नोक्सानीको भर्पाइ

वासिङ्टन युनिर्भसिटीका प्रोफेसर जेफरी गार्डन र ढाकाको इन्टरनेसनल सेन्टर फर डायरिया रिसर्चका उनका सहयोगी बताउँछन्, ‘यो अनुसन्धानको लक्ष्य कुपोषित बालबालिकाको स्वास्थ्य  सुधार गर्नमा सूक्ष्मजीवको भूमिका पत्ता लगाउनु हो ।’

वैज्ञानिक गार्डन भन्छन्, ‘सूक्ष्मजीवहरुले कुन केरा हो र कुन बदाम भनेर छुटउन सक्दैनन् । मात्रै उनीहरुले यी चिजहरुमा भएको भित्री पोषणलाई प्रयोग गर्ने हुन् । यो फर्मूला जनावर र मानवका लागि सबैभन्दा प्रभावकारी रहेका छ । जसले कुपोषणबाट भएको नोक्सान भर्पाइ गर्न सक्छ। धेरै चामल र मुसुरोको दालको आहारा यो केसमा त्यति प्रभावकारी हुँदैन। र, कतिपय अवस्थामा यसले पेटको भित्रको जिवाणुलाई पनि नोक्सान गर्ने गर्छ ।’