Saturday, April 18News That Matters

बन्दुक हमलामा २० जनाको मृत्यु

अमेरिकाको एक राज्यमा भएको बन्दुक हमलामा परि करिब २० जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । टेक्सस राज्यको एल पासो सहरमा भएको बन्दुक हमलामा करिब २० जनाको मृत्यु र २६ जना घाईते भएका हुन् ।

अमेरिका र मेक्सिकोका सिमाना छेउमा रहेको वालमार्ट स्टोरमा घटना घटेको थियो । घटनामा संलग्न एक जना २१ वर्षीय युवालाई प्रहरीले पक्राउ गरको छ ।

घटनामा परेका पिडितहरुको नाम खुलाईएको छैन । उक्त घटनामा मेक्सिकोका तीन जना नागरीकको मृत्यु र ६ जना घाईते भएको मेक्सिकोका राष्ट्रपतिले संचारमाध्यहरुलाई बताएका छन् ।

संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा रहेको र उनको नाम प्याट्रिक क्रुसिअस रहेको संचारमाध्यमहरुले जनाएको छ ।

यो घटना अमेरिकाको आठौँ घातक बन्दुक आक्रमण हो भने उक्त घटनलाई अमेरिकाको पछिल्लो कालखण्डको जनाएको छ ।